काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा। हेमराज शर्मा पदमा सर्वसम्मत चयन भएका छन्। संघको १२औँ महाधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
निर्वाचन समितिले मंगलबार राति गरेको घोषणाअनुसार संघको वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन निर्वाचित भएका छन् भने २४ उपाध्यक्ष राखिएको छ । त्यसैगरी महासचिवमा डा। चिरञ्जीवी खड्का, उपमहासचिवमा ६ जना, सचिवमा १२ जना सर्वसम्मत निर्वाचित भएका छन्।
कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना र प्रवक्तामा सोम सापकोटा चयन भएका छन्। कार्यक्रममा निवर्तमान अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठ, पूर्वअध्यक्ष आरके शर्मा, विनोद कुँवर लगायतका वरिष्ठ नेताहरूको पनि उपस्थिति रहेको थियो।