ओलीप्रति समवेदना व्यक्त गर्न राष्ट्रपति पौडेल गुण्डुमा

ओलीप्रति समवेदना व्यक्त गर्न राष्ट्रपति पौडेल गुण्डुमा

मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • ओलीप्रति समवेदना व्यक्त गर्न राष्ट्रपति पौडेल गुण्डुमा

    भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गर्न उनको गुण्डुस्थित निवास पुगेका छन् ।

    1.jfif

    पितृशोकमा रहेका अध्यक्ष ओलीलाई भेट्दै राष्ट्रपति पौडेलले उनका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । यस क्रममा उनले दिवंगत मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन् ।

    3.jfif

    राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए ।

    2.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij