बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा घिमिरे नियुक्त

बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा घिमिरे नियुक्त

सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा घिमिरे नियुक्त

    बागमती ।  बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त भएका छन् ।

    बागमती प्रदेश प्रमुुख दीपकप्रसाद देवकोटाले आयोगको रिक्त सदस्यमा काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर निवासी घिमिरेलाई नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य घिमिरेलाई शपथ ग्रहण गराए । शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख देवकोटा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगरलगायतको उपस्थिति रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij