एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत चयन

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत चयन

सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत चयन

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । लामो समयदेखि चल्दै आएको आन्तरिक खिचातानी र विभाजनपछि अन्ततः संघमा सहमतिको वातावरण बनेको हो । 

    काठमाडौंमा आइतबारदेखि शुरू भएको संघको १२औँ एकता महाधिवेशनले डा. शर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा कार्यरत छन् । 

    अध्यक्षका उमेदवारहरू रोविन शेरचन र रविन बज्राचार्यले अन्तिम समयमा आफ्नो उमेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष छानिएका हुन् । जापानका व्यवसायी शेरचनलाई अर्कोपटक अध्यक्षमा सबैले सहयोग गर्ने प्रतिबद्धतासँगै शेरचनले उपाध्यक्षमा बस्न सहमति जनाएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij