पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पर्छ पेट्रोल र डिजेलको काठमाडौंमा ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पर्छ पेट्रोल र डिजेलको काठमाडौंमा ?

सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पर्छ पेट्रोल र डिजेलको काठमाडौंमा ?

    काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
    अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य वृद्धि गरेको हो । 

    इण्डियन आयलबाट पेट्रोलमा प्रतिलिटर ३१, डिजेलमा प्रतिलिटर ५४ तथा खाना पकाउने एलपि ग्यासमा २१६ रूपैयाँ बढेर आएकोले निगमले मुल्य बढाएको जनाएको छ ।
    पछिल्लो दुई सातायता खाडी राष्ट्रमा बढेको द्वन्द्वका कारण अन्तरराष्ट्रिय बजारमा  मूल्य बढेको थियो ।
     
    बढेको मुल्य सोमवार बिहानबाट लागू भएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।

     त्यसैगरी  डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । ग्यास र हवाई इन्धनको मुल्य भने हाललाई यथावत राखिएको निगमका प्रबक्ता मनोज ठाकुरले बताए ।

    nigam-2-1369x2048.jpg

    nigam-1-1369x2048.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij