अफवाह नफैलाउन नेपालीलाई यूएईस्थित नेपाली दूतावासको चेतावनी

अफवाह नफैलाउन नेपालीलाई यूएईस्थित नेपाली दूतावासको चेतावनी

आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • अफवाह नफैलाउन नेपालीलाई यूएईस्थित नेपाली दूतावासको चेतावनी

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी अप्रमाणित सामग्री पोस्ट नगर्न आग्रह गरेको छ।

    यूएईमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले तेस्रो परामर्श जारी गर्दै अप्रमाणित सूचना सामाजिक सञ्जालमार्फत प्रसार गरे कडा कानूनी कारबाही हुन सक्ने चेतावनी दिएको हो।

    दूतावासका अनुसार यूएईको कानून बमोजिम यस्ता गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिलाई कम्तीमा एकदेखि दुई वर्षसम्म कैद सजाय तथा १ लाखदेखि २ लाख दिरामसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

    दूतावासले यूएईमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई अज्ञात स्रोतबाट आएका हल्ला वा अपुष्ट जानकारी सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गरेको छ। साथै मिसाइल आक्रमण वा त्यसलाई निस्तेज पारिएपछि जमिनमा झरेका टुक्राहरूको तस्बिर तथा भिडियो खिच्ने, नजिक जाने वा छुने कामबाट टाढा रहन पनि अनुरोध गरेको छ।

    यूएई सरकारले तोकेका सुरक्षा मापदण्डहरू पूर्णरूपमा पालना गर्न र यसबारे साथीभाइ तथा समुदायलाई पनि जानकारी गराउन दूतावासले आग्रह गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij