एनआरएनएको बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि

एनआरएनएको बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि

शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • एनआरएनएको बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । 

    प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्ने सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । यस पटकको निर्वाचनमा ४ हजार २ सय ८६ प्रतिनिधिहकाे सहभागिता रहने बताइएको छ । 

    संघले निर्वाचनलाई प्रविधिमैत्री बनाउँदै भौतिक र अनलाइन दुवै माध्यमबाट मतदान गर्न सकिने ‘हाइब्रिड मोडेल’ अपनाएको छ । नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक भए पनि संघभित्र ऐतिहासिक एकता कायम राख्न सर्वसम्मतिको पहल भइरहेको बताइएको छ । 

    विगत २३ वर्षदेखि ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ अघि बढेको यो अभियानले हाल ९२ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघभित्र विगतमा देखिएका केही प्राविधिक र आन्तरिक असमझदारीलाई चिर्दै सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहबरमा ऐतिहासिक एकता कायम भएको थियो । 

    सोही एकतालाई सुदृढ बनाउदै नयाँ नेतृत्व चयन गरिने संघले जनाएको छ । सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन, संयुक्त लगानी, पर्यटन प्रवर्द्धन, र स्वास्थ्य–शिक्षामा लगानीबारे गहन छलफल हुने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij