बोल्दा बोल्दै ढलेका एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

बोल्दा बोल्दै ढलेका एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • बोल्दा बोल्दै ढलेका एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

    काठमाडौं । नेकपा ९एमाले० केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार अपरान्ह एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेका थापाको उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

    कार्यक्रममा मन्तव्य व्यक्त गरिसक्ने बित्तिकै ढलेका थापालाई तत्कालै
    उपचारका लागि  मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्एको केही वेरमै थापाको निधन भएको बताइएको छ । 

    हृदयघातका कारण थापाको निधन भएको अस्पतालले जनाएको छ । बिहीबार एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक राखिएको थियो। बैठकमा उनले करिब १० मिनेट बोलेको  एमाले नेताहरूले बताएका छन्।  

    गण्डकी प्रदेशका पूर्व सांसद थापा २०५४ सालमा पोखराको मेयरमा निर्वाचित भएका थिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij