काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी–२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले नेपालविरूद्ध पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २२२ रनको विशाल योगफल तयार पारेको हो।
आयरल्यान्डका लागि ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाए । केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रनको योगदान गरे । स्टिफन डोहेनीले पनि ३४ रन बटुले । गारेथ डेलानी ३० रनमा अविजित रहे । गाभिन होएले पनि अविजित १८ रन जोडे ।
नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १÷१ विकेट लिए ।