टस जितेर नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’विरुद्ध बलिङ गर्ने

टस जितेर नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’विरुद्ध बलिङ गर्ने

शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • टस जितेर नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’विरुद्ध बलिङ गर्ने

    काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । सोही तालिका अनुसार आज नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ विरुद्ध खेल हुन लागेको हो ।

    नेपालको प्लेइङ ११ स् विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी ।बेन्च : पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्री ।

    नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ ९शुक्रबार० र चैत २५ गते ९आइतबार० हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij