अटो दुर्घटनामा चार जनाको मृत्यु, एक घाइते

अटो दुर्घटनामा चार जनाको मृत्यु, एक घाइते

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • अटो दुर्घटनामा चार जनाको मृत्यु, एक घाइते

    चितवन । चितवनमा अटो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । जिल्लाको कालिका नगरपालिकाको= ९ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परेर चार जनाको ज्यान गएको हाे । 

    प्रहरीका अनुसार उर्पदाङगढीबाट शक्तिखोर जाँदै गरेको बा प्र.०६–००१ह०३१५ नं–को अटो आफै अनियन्त्रित भई नालामा पल्टिएको थियो । दुर्घटनामा परेर थप एक जना घाइते भएका छन् । अटो चालक राप्ती ९ घर भएका ३९ वर्षीय पुर्ण विकको उपचारको क्रममा मृत्यु भएको छ ।

    त्यसैगरि गम्भीर घाइते भई अस्पताल पुर्‍याइएका राप्ती नगरपालिका ८ की ५६ बर्षिया बिष्णु कुमारी तामाङ, राप्ती ९ की २२ वर्षीया बिनी तामाङ र सोही स्थानका ५५ वर्षिय तिलक तामाङ उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते राप्ती ९ की चिनीकुमारी गुरुङको भरतपुरस्थित पुरानो कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij