काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह भारी मतान्तरसहित निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले १८ हजार ७२४ मत प्राप्त गरेका छन् । यससँगै बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् ।
यसपटक झापा–५ को निर्वाचन देशभरकै सबैभन्दा बढी चर्चामा रहेको क्षेत्र बनेको थियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर समेत रहेका बालेन शाह ले उम्मेदवारी दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली सँग हुने प्रतिस्पर्धालाई लिएर राजनीतिक वृत्तमा व्यापक चर्चा भएको थियो । अन्ततः मतगणनाको अन्तिम परिणामले बालेनको पक्षमा स्पष्ट जित सुनिश्चित गरेको हो ।