नवलपरासी(पूर्व)–२ : २६ वर्षे खनाल रास्वपाबाट विजयी

नवलपरासी(पूर्व)–२ : २६ वर्षे खनाल रास्वपाबाट विजयी

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • नवलपरासी(पूर्व)–२ : २६ वर्षे खनाल रास्वपाबाट विजयी

    काठमाडाैं । नवलपरासी(बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल ४१ हजार ३४७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी, नेकपा एमालेका तिलक महत १५ हजार ७५५ मतसहित पराजित भएका छन्।

    तेस्रो स्थानमा नेपाली कांग्रेसका ओमबहादुर घर्तीमगर (१४ हजार ७१३ मत) रहे भने नेपाली कम्युनिस्ट पार्टीका गणेश महत १ हजार ५३८ मतसहित चौथो भएका छन् । रास्वपाका निर्वाचित खनालको उमेर २६ वर्ष मात्रै छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij