काठमाडाैं । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बदनकुमार भण्डारी विजयी भएका छन्। उनले ५३,३४४ मत ल्याएर आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।
यस क्षेत्रका अन्य प्रतिद्वन्द्वीहरूमा नेकपा एमालेका अशोककुमार व्यान्जु श्रेष्ठले १३,९४० मत र नेकपाका बसुन्धरा हुमागाइले ८,१०७ मत प्राप्त गरेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि व्यान्जुले धुलिखेल नगरपालिका कार्यालयबाट राजीनामा दिएका थिए।
काभ्रे–२ मा यसअघि २०७९ मा एमालेका गोकुल बास्कोटाले जितेका थिए।