काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले र सिन्धुली–२ मा रास्वपाकै आशिष गजुरेल विजयी भएका छन् । रास्वपाका यी दुई उम्मेदवार फराकिलो मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
तनहुँ–१: डा. स्वर्णिम वाग्ले विजयी
मत: ३८,०४०
निकटतम प्रतिद्वन्द्वी: कांग्रेस गोविन्द भट्टराई (१६,२३१ मत)
अन्य: एमाले भगवती न्यौपाने (५,८३०), नेकपा विद्यानाथ ढकाल (२,३९३)
सिन्धुली–२: आशिष गजुरेल विजयी
मत: १७,९४०
निकटतम प्रतिद्वन्द्वी: नेकपा लेखनाथ दाहाल (१४,७८० मत)
अन्य उम्मेदवार: एमाले मनोजजंग थापा (११,६०६), कांग्रेस सुशीला थिङ (६,७६०)