४ क्षेत्रको मतगणना सुरू हुनै बाँकी

४ क्षेत्रको मतगणना सुरू हुनै बाँकी

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • ४ क्षेत्रको मतगणना सुरू हुनै बाँकी

    काठमाडौं । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ वटा क्षेत्रको मत गणना हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, गोरखा १, मुगु र डोल्पाको मतपेटीका सङ्कलन हुन बाँकी रहेकोले मतगणना हुन बाँकी छ ।

    गोरखाको १४ नम्बर मतदान केन्द्र र संखुवासभाको १ मतदान केन्द्रको मतगणना हुन बाँकी रहको आयोगले जनाएको छ । यसैबीच गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ ।

    बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम ल्याई पुर्याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij