काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधि सभा सदस्य निर्वाचनमा भारी मतान्तरले विजयी भएका छन्।
उनले २२ हजार ८५० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठको ७ हजार ९१९ मतलाई स्पष्ट रूपमा पछि पार्दै जित हासिल गरेका हुन्। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे।
म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेका थिए जसमा ४६ हजार २१५ मत खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहेको छ।
पुनले आफ्नो जन्मथलोमा चुनाव लडेका थिए र शिक्षा सुधार तथा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको ब्यवस्था मिलाउने नीति अघि सारेका थिए।