समानुपातिक मतगणनामा रास्वपाको भारी अग्रता, ५७ प्रतिशत मत प्राप्त

समानुपातिक मतगणनामा रास्वपाको भारी अग्रता, ५७ प्रतिशत मत प्राप्त

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • समानुपातिक मतगणनामा रास्वपाको भारी अग्रता, ५७ प्रतिशत मत प्राप्त

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता बनाएको छ।

    आज बिहान साढे ८ बजेसम्म देशभरबाट करिब ४५ हजार मत गणना हुँदा रास्वपाले कुल सदर मतको करिब ५७ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

    प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेसले करिब १८ प्रतिशत मत पाएको छ। त्यस्तै नेकपा एमाले र राप्रपा करिब ८–८ प्रतिशत मतसहित तेस्रो र चौथो स्थानमा छन्। यी दुई दलबीच करिब ५० मतको मात्र अन्तर रहेको छ।

    निर्वाचन आयोगका अनुसार यो विवरण देशभरबाट संकलित प्रारम्भिक आँकडा हो। हालसम्म कुल खसेको मतको एक प्रतिशतभन्दा कम मत मात्रै गणना भएको अवस्था छ।

    अहिलेसम्मको परिणाममा रास्वपा, कांग्रेस, एमाले र राप्रपाबाहेक अन्य दलले ३ प्रतिशत मत कटाउन सकेका छैनन्। समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा प्रतिनिधित्व पाउन कम्तीमा ३ प्रतिशत मत आवश्यक हुन्छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij