काठमाडौं । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार सुनारले २९ हजार ५५१ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए ।
त्यस्तै नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार २१५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे । नेपाल कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले ३ हजार ७७४ मत प्राप्त गरेका छन् ।