प्रतिनिधिसभा निर्वाचनः १६० क्षेत्रमा मतगणना जारी, हालसम्म कहाँ-कसले जिते ?

प्रतिनिधिसभा निर्वाचनः १६० क्षेत्रमा मतगणना जारी, हालसम्म कहाँ-कसले जिते ?

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • प्रतिनिधिसभा निर्वाचनः १६० क्षेत्रमा मतगणना जारी, हालसम्म  कहाँ-कसले जिते ?

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहेका छन् । 

    रास्वपाबाट 
    मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी
    मोरङ ६ मा रुविना आचार्य
    धनुषा ३ मा मनिषा झा
    काठमाडौं १ मा रन्जु न्यौपाने
    काठमाडौं ३ मा राजुनाथ पाण्डे
    काठमाडौं ४ मा पुकार बम
    काठमाडौं ५ मा सस्मित पोखरेल
    काठमाडौं ७ मा गणेश पराजुली
    काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ
    काठमाडौं ९ मा डोलप्रसाद अर्याल
    काठमाडौं १० मा प्रदीप विष्ट
    कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल
    कास्की ३ मा बिना गुरुङ
    रुपन्देही ४ बाट कन्हैया बानियाँ
    बाँके १ मा सुरेशकुमार चौधरी 
    विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 

    आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ । 

    नेपाली कांग्रेसले तीन क्षेत्रमा जित निकालेको छ । 
    मनाङ  १ मा कांग्रेसका टेकबहादुर गुरुङ
    मुस्ताङ १ मा योगेश गौचन थकाली 
    दैलेख १ मा बासना थापा 
    विजयी भएका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि छन् । 

    नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व  १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भइसकेका छन् । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् । एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अगाडि छन् । 

    श्रम संस्कृति पार्टीका उम्मेदवार तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij