इलाम-१ मा कांग्रेसका राईको सुरुआती अग्रता

इलाम-१ मा कांग्रेसका राईको सुरुआती अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • इलाम-१ मा कांग्रेसका राईको सुरुआती अग्रता

    फिक्कल ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअन्तर्गत इलामको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राईले सुरुआती अग्रता लिएका छन् । हालसम्म प्राप्त परिणामअनुसार सूर्योदय नगरपालिका(७ को एक हजार २२६ मत गणना गर्दा राईले ३९९ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । 

    त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार काजीमान कागतेले ३१८ मत प्राप्त गरी राईलाई पछ्याउँदै छन् । त्यस्तै श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बूले १५८ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। 

    राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले १४६ मत प्राप्त गरी चौथो र नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ९६ मत प्राप्त गरी पाँचाँै स्थानमा छन् । सो निर्वाचन क्षेत्रमा कुल एक लाख १२ हजार ३२० मतदाता भएकामा ६४ हजार १०४ अर्थात् ५७ प्रतिशत मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दलका १३ जना प्रत्यासी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij