प्रधानमन्त्रीका दाबेदारका क्षेत्रमा मतपरिणाम : बालेन-अमरेश अघिअघि, पछ्याउँदै ओली–गगन

प्रधानमन्त्रीका दाबेदारका क्षेत्रमा मतपरिणाम : बालेन-अमरेश अघिअघि, पछ्याउँदै ओली–गगन

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • प्रधानमन्त्रीका दाबेदारका क्षेत्रमा मतपरिणाम : बालेन-अमरेश अघिअघि, पछ्याउँदै ओली–गगन

    काठमाडाैं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रारम्भिक मतगणनामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछाडि पार्दै अग्रता बढाएका छन्। बालेनले ५,२५४ मत प्राप्त गरेका छन् भने ओली १,२४८ मतका साथ दोस्रो स्थानमा छन्।

    यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ ३२५ मत, नेपाली कांग्रेसकी मन्धरा चिमरिया १८५ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ १२९ मत, र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौला १११ मतसहित अन्य उम्मेदवारहरू पछाडि छन्।

    सर्लाही–४ मा भने रास्वपा उम्मेदवार अमरेश कुमार सिंह ले अग्रता लिएका छन्। प्रारम्भिक नतिजाअनुसार उनले १,२३९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस सभापति गगन कुमार थापा ७६८ मतसहित पछि छन्।

    अन्य उम्मेदवारमध्ये जनमतका राकेश मिश्रले २५०, नेकपा एमालेका अमनिश कुमार यादवले १९९, नेकपा उम्मेदवार डा. रजनिश रायले १८ र जसपा उम्मेदवार रामेश्वर राय यादवले २ मत पाएका छन्। मतगणना गोडैताको श्री वेणी भोला नमूना माविमा भइरहेको छ।

    मतगणना अझै जारी रहेको छ र अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij