मतगणनास्थलमै हृदयाघातबाट रास्वपा मोरङका जिल्ला सदस्य रेग्मीको निधन

मतगणनास्थलमै हृदयाघातबाट रास्वपा मोरङका जिल्ला सदस्य रेग्मीको निधन

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • मतगणनास्थलमै हृदयाघातबाट रास्वपा मोरङका जिल्ला सदस्य रेग्मीको निधन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको हृदयाघातका कारण निधन भएको छ।

    मोरङ क्षेत्र नम्बर–२ को मतगणना स्थलमा उपस्थित रहेका रेग्मी बिहान मतगणना सुरु भएको केही समयपछि अचानक ढलेका थिए। उनलाई तत्काल उपचारका लागि प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिए।

    प्रहरीका अनुसार प्रारम्भिक रूपमा हृदयाघातका कारण उनको मृत्यु भएको पुष्टि भएको छ।

    मृतक रेग्मीको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij