काठमाडौं १ मा रञ्जु दर्शनाको फराकिलो जित

काठमाडौं १ मा रञ्जु दर्शनाको फराकिलो जित

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं १ मा रञ्जु दर्शनाको फराकिलो जित

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) फराकिलो मतान्तरसहित विजयी भएकी छन् ।

    अन्तिम मतपरिणाम अनुसार न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गर्दै जीत हासिल गरेकी हुन्। यससँगै रास्वपाले यस निर्वाचनमा आफ्नो जितको खाता पनि खोलेको छ।

    उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे। अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले भने यसपटक ३ हजार ९७२ मत मात्रै पाए।

    त्यस्तै नेकपा एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत पाएकी छन्। श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत प्राप्त गरेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij