काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक मतगणनामा अग्रता बनाएकी छन्।
सुरुवाती नतिजाअनुसार गौतमले ९२५ मत प्राप्त गरेकी छन् भने नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार रेणु दाहालले ६७९ मत ल्याउँदै दोस्रो स्थानमा रहेकी छन्।
यसैगरी नेकपा एमालेका शंकरराज थपलियाले २०२ मत पाएका छन्। नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १२९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगरले २२ मत प्राप्त गरेका छन्।