१० क्षेत्रमा रास्वपाको अग्रता, काठमाडौंका धेरै क्षेत्रमा अघि

१० क्षेत्रमा रास्वपाको अग्रता, काठमाडौंका धेरै क्षेत्रमा अघि

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • १० क्षेत्रमा रास्वपाको अग्रता, काठमाडौंका धेरै क्षेत्रमा अघि

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भइरहेको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न क्षेत्रमा अग्रता लिएको छ । प्रारम्भिक परिणामअनुसार रास्वपाका उम्मेदवारहरू विशेषगरी काठमाडौं उपत्यकाका क्षेत्रमा अगाडि देखिएका छन् ।

    निर्वाचन आयोगका अनुसार हालसम्म उज्यालो नेपाल पार्टीले एक क्षेत्रमा अग्रता बनाएको छ भने नेकपा एमाले दुई क्षेत्रमा अगाडि रहेको छ । एमालेले चितवन–२ र बाँके–२ मा अग्रता कायम गरेको छ भने उज्यालो नेपाल पार्टीले काठमाडौं–३ मा अग्रता लिएको छ ।

    प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवारहरू निम्न क्षेत्रमा अगाडि रहेका छन् –

    काठमाडौं–१ मा रञ्जु दर्शना ३,१२९ मतसहित अघि छन् ।

    काठमाडौं–२ मा सुनिल केसी ४२४ मतका साथ अगाडि छन् ।

    काठमाडौं–४ मा पुकार बम ८३५ मतसहित अग्रस्थानमा छन् ।

    काठमाडौं–५ मा सस्मित पोखरेल १,४८१ मतका साथ अगाडि छन् ।

    काठमाडौं–७ मा गणेश पराजुली १,४८१ मतसहित अघि छन् ।

    काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ ३,२९० मतसहित अग्रस्थानमा छन् ।

    काठमाडौं–१० मा प्रदीप विष्ट २,५५१ मतसहित अघि छन् ।

    भक्तपुर–१ मा रुकेश रञ्जित ८८८ मतका साथ अगाडि छन् ।

    कञ्चनपुर–२ मा सुरेशकुमार चौधरी ५९७ मतसहित अघि छन् ।

    कञ्चनपुर–२ मै दीपक बोहरा ६३२ मतका साथ अग्रता बनाइरहेका छन् ।
    मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij