भक्तपुर । भक्तपुरको दुुई नम्वर क्षेत्रमा पनि रास्वपाले अग्रता कायम गरेको छ । यसअघि अग्र स्थानमा रहेका एमालेका महेश बस्नेतलाई पछिपार्दै राश्वपाका राजिव खत्रीले अग्रता लिएका हुुन ।
खत्रीले १४०० मत पाएका छन् । त्यस्तै बस्नेतले १२०० र नेपाली कांग्रेसका कविर राणाले १७१ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका रमेश बैधले १३८ मत पाएका छन् ।
उज्यालो नेपालका जिताराम लामाले ३७ मत, राप्रपाका बिक्रम थापाले ३५ मत पाएका छन् । त्यस्तै नेकपाका राम प्रसाद सापकोटाले १७ मत ल्याएका छन् ।