काठमाडौंमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौंमा शान्तिपूर्ण रुपमा मतदान जारी

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौंमा शान्तिपूर्ण रुपमा मतदान जारी

    काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
     
    प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौंका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।
     
    निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरु उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए । प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौंका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij