प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं. ५ अन्तर्गत धापासीस्थित निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेका छन्।

    मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको बताइन्। “मैले आफ्नो कर्तव्य पूरा गरेँ। देशमा निर्वाचन सम्पन्न हुँदैछ, यसमा म अत्यन्त खुसी छु,” उनले भनिन्। आफ्नो नेतृत्वमा निर्वाचन भइरहेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु सबैका लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गरिन्।

    त्यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि आज बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविक गाविस भवनमा कायम गरिएको मतदान केन्द्रबाट मतदान गरेकी छिन्।

    मतदानपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिक रूपमा जनमत अभिव्यक्ति हुनुलाई सकारात्मक प्रक्रिया भएको बताउनुभयो। उहाँले नागरिकको सहभागिताले लोकतान्त्रिक प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij