धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

बुधवार, फाल्गुण २० २०८२
बुधवार, फाल्गुण २० २०८२
  • धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

    सुदूरपश्चिम ।  धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा आज साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । 

    खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिए । 
      
    स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पनि कुटपिट भएको र प्रहरी सहायक निरीक्षक डबल साउद घाइते भएको  उनले बताए । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयको गाडीमा समेत क्षति पु¥याएका छन् । 
     
    दुई टोलका युवाबीच पुरानो रिसइवीको निहुँमा आज होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको जनाइएको छ । झडपका क्रममा घाइते कालु राना थारुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij