आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

बुधवार, फाल्गुण २० २०८२
बुधवार, फाल्गुण २० २०८२
  • आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    काठमाडौँ । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ ।

    हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको र ती भू–भागलगायत बाँकी भू–भागहरूमा तुँवालो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    तराईका केही स्थानहरूमा आज दिउँसो हुस्सु रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

    आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij