भक्तपुरको कार दुर्घटनामा परेर घाइते तीन जनाको मृत्यु

भक्तपुरको कार दुर्घटनामा परेर घाइते तीन जनाको मृत्यु

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • भक्तपुरको कार दुर्घटनामा परेर घाइते तीन जनाको मृत्यु

    भक्तपुर । भक्तपुरमा सोमवार सोमबार भएको कार दुर्घटनामा परेर घाइते भएका तीन जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका(८ जितपुरस्थित वडा कार्यालय नजिक सोमवार दिउँसो  नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा।५ च ७८८१ नम्बरको कार सडकबाट करिव एक सय मिटर तल खसेको  थियो । 

    दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका(३२ जडिबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार,  दुर्घटनामा गम्भीर घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा सोमबारराति मध्यपुर अस्पतालमा मृत्यु भएको हो । 

    त्यसैगरी कृष्णमायाको मङ्गलबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । कार दुर्घटनामा ५ जना घाइते भएका थिए । घाइते २ जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij