सर्लाही । सर्लाहीको एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको निधन भएको छ । चुनाव तयारीमा खटिएका एक स्वास्थ्यकर्मीको ड्युटीकै क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय मृत्यु हुनेमा सर्लाही बरहथवा नगरपालिका-५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत ४२ वर्षीय सिनियर अहेव रघुनाथ महतो रहेका छन् । जिगडवा आधारभूत विद्यालय, पर्सा गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका उनको मंगलबार दिउसो मृत्युु भएको प्रहरीले जनाएको छ ।
कार्यरत रहेकै बेला अचानक बेहोस भएका महतोलाई तत्काल उप प्रादेशिक अस्पताल उपचारका लागि मलंगवा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।