निर्वाचनका कर्मचारी बोकेको गाडी दुर्घटना, असईको मृत्युु, सात घाइते

निर्वाचनका कर्मचारी बोकेको गाडी दुर्घटना, असईको मृत्युु, सात घाइते

सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • निर्वाचनका कर्मचारी बोकेको गाडी दुर्घटना, असईको मृत्युु, सात घाइते

    रामेछाप । रामेछापमा निर्वाचनका कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई)को ज्यान गएको छ। दुर्घटनामा परेर सात जना घाइते भएका छन्। 

    घटनास्थलमै मृत्युु हुनेमा  असई पर्शुराम यादव रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । घाइतेलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ। 

    घाइते सातमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गाडीमा ११ जना सवार रहेका थिए। गाडी दुर्घटना भएपछि तीन जनाले हाम फालेको प्रहरीले जनाएको छ। 

    प्रतिनिधि सभा निर्वाचनको सामग्री र कर्मचारी बोकेर रामेछाप सदरमुकाम मन्थलीबाट नगरपालिका(२, देउराली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारी डाँडामा दुर्घटना भएको हो। गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित मतपेटिका र आवश्यक कागजात रहेका थिए। 

    दुर्घटना भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सई रमेशबहादुर थापाको कमाण्डमा ११ जनाको टोली खटिएको थियो। नौ जना गोताखोर सहितको टोलीले घाइतेको उद्धार गरेर अस्पताल पठाएको थियो ।
     
    मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली  माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब सय सय मिटर तल खसेको बताइएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij