भक्तपुरमा कार दुर्घटना, चार जना घाइते

भक्तपुरमा कार दुर्घटना, चार जना घाइते

सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • भक्तपुरमा कार दुर्घटना, चार जना घाइते

    भक्तपुर । भक्तपुरमा सोमवार भएको कार दुर्घटनामा चार जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ मा   कार दुर्घटना भएको हो । 

    नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार अियन्त्रित भएर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । कारमा सवार पाँचमध्ये चारजना घाइते भएको प्रहरीले जनाएको  छ ।  

    दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोलीले घाइतेको उद्धार गरि भक्तपुर अस्पताल पठाएको बताइएको छ । घाइतेको नाम खुल्न नसकेको बताइएको छ । घट्नाका सम्बन्धमा थप अनुशन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij