नेपाली श्रमिकको मृत्यु भएकोमा कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, सरकारलाई कूटनीतिक पहल तीव्र बनाउन आग्रह

नेपाली श्रमिकको मृत्यु भएकोमा कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, सरकारलाई कूटनीतिक पहल तीव्र बनाउन आग्रह

सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • नेपाली श्रमिकको मृत्यु भएकोमा कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, सरकारलाई कूटनीतिक पहल तीव्र बनाउन आग्रह

    काठमाडौं । नेपाली काग्रेसका सभापति गगन कुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
    थापाले सामाजिक सञ्जालमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

    जारी विज्ञप्तिमा थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्। द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरेका छन्।
    त्यस्तै, काग्रेस सभापति थापाले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका छन्। विदेशमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न उनले सरकारसँग माग गरेका छन्।

    यसका साथै, जनसम्पर्क समितिका साथीहरू, गैर आवासीय नेपाली सङ्घ ९ल्च्ल्ब्० तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपालीहरूको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

    उक्त घटनाले युएईस्थित नेपाली समुदायमा चिन्ता थपिएको छ भने सरोकारवालाहरूले नेपाली नागरिकको सुरक्षाका विषयमा चासो बढाएको बताएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij