दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्ने अनुमति

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्ने अनुमति

आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्ने अनुमति

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।

    आइतबार बिहान पक्राउ गरेर प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । उनी विरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij