रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने

रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने

आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने

    बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ । प्रत्यक्षतर्फ यस क्षेत्रमा आफ्नो उम्मेदवार नउठाएको राप्रपाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचारसँग नजिक कांग्रेसका तर्फबाट यस क्षेत्रका उम्मेदवार पौडेललाई समर्थन गर्ने जनाएको हो ।
     
    राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले पार्टी फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको बताए । 

    राप्रपाले ०७९ को निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ पाँच हजार ६००  मत प्राप्त गरेको थियो । अहिलेको अवस्थामा अन्य पार्टीको तुलनामा कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले यस क्षेत्रबाट प्रत्यक्षतर्फको भोट पौडेललाई दिने निर्णय गरेको सो पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij