काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आउँदो बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय तथा प्राविधिक तयारी सकिएको जानकारी दिएका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशका उच्च पहाडी र हिमाली जिल्लासहित हिमालपारिका टाढा–टाढाका बस्तीमा समेत मतदानका लागि आवश्यक सामग्री समयमै पुर्याइएको बताए ।
निर्वाचनको मिति घोषणा भएदेखि सञ्चारमाध्यमले रचनात्मक भूमिका खेलेको उल्लेख गर्दै उनले चुनावी माहोल देउरालीसम्म पुगेको टिप्पणी गरे । २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउनेजस्तै निर्वाचन प्रक्रिया सफलतापूर्वक टुंगिने विश्वाससमेत उनले व्यक्त गरे ।
जनशक्ति परिचालन तथा सुरक्षा व्यवस्थापनका विषयमा आयोग पूर्ण रूपमा तयार र विश्वस्त रहेको उनको भनाइ छ ।