चुनावमा लामो बिदाले उपत्यका खाली हुने संकेत, करिब ८ लाख बाहिरिने आँकलन

चुनावमा लामो बिदाले उपत्यका खाली हुने संकेत, करिब ८ लाख बाहिरिने आँकलन

शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • चुनावमा लामो बिदाले उपत्यका खाली हुने संकेत, करिब ८ लाख बाहिरिने आँकलन

    काठमाडौं । आगामी चुनाव र त्यससँग जोडिएको लामो सार्वजनिक बिदाका कारण काठमाडौं उपत्यकाबाट करिब ८ लाख मानिस बाहिरिने अनुमान गरिएको छ । सरकारले चुनावको अवसरमा फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

    यससँगै फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराई क्षेत्रमा फागु पूर्णिमाको बिदा, २३ गते शनिबार तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेकाले फागुन १८ देखि २४ गतेसम्म लगातार सात दिन बिदा परेको छ । यस कारण दशैं–तिहारजस्तै ठूलो संख्यामा मानिसहरू उपत्यका बाहिर जाने तयारीमा रहेका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले हालैदेखि नै उपत्यका छाड्ने यात्रुको संख्या बढ्दै गएको जानकारी दिँदै विशेषगरी १७, १८ र १९ गते अत्यधिक भीड हुने अनुमान व्यक्त गरेका छन् । धेरै यात्रुले अग्रिम रूपमा सवारीसाधन रिजर्भ गरिसकेको उनको भनाइ छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यात्रु व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक तयारी भइरहेको उल्लेख गर्दै सवारी साधन अभाव भएमा नेपाली सेना, नेपाल प्रहरी तथा विद्यालय–कलेजका बससमेत परिचालन गर्ने तयारी रहेको बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij