जनकपुरधाम । धनुषामा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारनै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धनुषा–४ का मा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार महावीर यादव कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई शनिबार एक समारोहबीच कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पार्टीमा स्वागत गरे । साे अवसरमा बाेल्दै उम्मेदवार महावीर यादवले आफ्नो समर्थन कांग्रेस उम्मेदवार महेन्द्रलाई रहेको बताए ।
उनले कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्यप्रति आफ्नो विश्वास रहेको बताए । सोही क्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य विजय कुमार यादव लगायत कार्यकर्ता कांग्रेसमा प्रवेश गरेकाे बताइएको छ ।