दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, वेस्ट इन्डिज ९ विकेटले पराजित

दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, वेस्ट इन्डिज ९ विकेटले पराजित

बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • दक्षिण अफ्रिकाको लगातार दोस्रो जित,  वेस्ट इन्डिज ९ विकेटले पराजित

    काठमाडौं । टी–२० विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ । बिहिवार साँझ सम्पन्न खेलमा अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो । 

    यो जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल पग्ने सम्भावना बलियो भएको छ । यो नतिजासँगै भारतको समेत सेमिफाइनल पुग्ने सम्भावना बढेको छ । 

    वेष्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य अफ्रिकाले २३ बल बाँकी छंदै १ विकेट गुमाएर भेट्टायो । अफ्रिकाका कप्तान एडेन मार्करमले अविजित ८२ रन बनाउँदा रायन रिकल्टन ४५ रनमा अविजित रहे । यस्तै, क्वीन्टन डी ककले ४७ रनको योगदान दिए । 

    वेष्ट इन्डिजका रोस्टन चेजले एकमात्र विकेट  लिए । त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । 

    जेसन होल्डर र रोमारियो शेफर्डले सानदार साझेदारी गर्दै वेस्ट इन्डिजको लक्ष्य उकासे । दुवैले आठौँ विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १७० रनमाथि पुर्‍याए। 

    यो टी–२० विश्वकपको इतिहासमा आठौँ विकेटका लागि बनेको सबैभन्दा ठूलो साझेदारी हो। शेफर्ड ५२ रनमा अविजित रहँदा होल्डरले ४९ रन जोडे । ब्रेन्डन किङले २१, शाई होपले १६ रन बनाए । 

    बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी एनगिडीले तीन, कागिसो रबाडा र कोर्बीन बोसले समान दुई विकेट लिए । सुपर आठमा दोस्रो जित निकालेको अफ्रिकाले यसअघि भारतमाथि ७६ रनको सहज जित निकालेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij