श्रीलंका  विश्वकपको सुपर एटबाटै बाहिर, न्युजिल्यान्ड विजयी

श्रीलंका  विश्वकपको सुपर एटबाटै बाहिर, न्युजिल्यान्ड विजयी

बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • श्रीलंका  विश्वकपको सुपर एटबाटै बाहिर, न्युजिल्यान्ड विजयी

    काठमाडौँ । श्रीलंका ट्वान्टी(२० विश्वकप २०२६ को सुपर एटबाटै बहिरिएको छ । बुधबारराती सम्पन्न खेलमा न्युजिल्यान्डसंग ६१ रनले पराजित भएपछि श्रीलंका बाहिरिएको हो ।

    जितका लागि १ सय ६९ रन पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो । सुपर एट ग्रुप २ मा रहेको श्रीलंका लगातार २ खेलमा पराजित भएसंगै  प्रतियोगिताबाट बाहिरिएको हो । 

    न्युजिल्यान्ड भने २ खेलबाट ३ अंक जोड्दै  दोस्रो स्थानमा उक्लेको छ । यो समुहबाट इंग्ल्यान्ड ४ अंकसहित यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

    इनिङ्सको पहिलो बलमै लयमा रहेका श्रीलंकाका पथुम निसान्का म्याट हेनरीको बलमा बोल्ड भए । त्यसपछि श्रीलंकाले माथिल्लो ब्याटिङ क्रमले गतिलो योगदान दिन सकेन र टिमले ४६ रन बनाउँदासम्म ५ विकेट गुमाएको थियो । 

    श्रीलंकाका कामिन्दु मेन्डिसले सबैभन्दा बढी ३१ रन बनाए । यस्तै, दुनिथ वेलालागेले २९ रन थपे । न्युजिल्यान्डका रचिन रवीन्द्रले २७ रन खर्चंदै ४ विकेट लिए । 

    त्यस अघि टस हारेर र पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान सान्टनेरले २६ बलमा ४७ रन बनाए ।

    म्याककोन्चीले २३ बलमा ३१ रन बनाउँदै नटआउट रहे । श्रीलंकाली बलरमध्ये महेश थिक्सना र दुसमन्था चमिराले समान  ३ विकेट हात पारे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij