जिम्बाब्वे समूह विजेता, श्रीलंका ६ विकेटले पराजित

जिम्बाब्वे समूह विजेता, श्रीलंका ६ विकेटले पराजित

शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • जिम्बाब्वे समूह विजेता, श्रीलंका ६ विकेटले पराजित

    काठमाडौं । जिम्बाब्वे समूह विजेता बन्दै टी–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।समूह चरणको अन्तिम खेलमा आयोजक श्रीलंकालाई ६ विकेटले हराउँदै जिम्बाब्वे समूह बीको विजेता बनेको हो । 

    यो समुहबाट श्रीलंका र जिम्बाव्वे यसअघिनै सुपर आठमा प्रवेश गरेका थिए । यस समूहबाट अष्ट्रेलिया, आयरल्यान्ड र ओमान बाहिरिए । 

    १७८ रनको लक्ष्य जिम्बाब्वेले १९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि ब्रियन बेनेटले ६३ रन बनाए । कप्तान सिकन्दर रजाले ४५, तादिवान्से मारुमनीले ३४, रायन बुर्लले २३ रन बनाए । 

    श्रीलंकाका दुशन हेमन्थले दुई तथा दुनिथ वेल्लालागे र दासुन शनाकाले समान एक विकेट लिए । त्यसअघि आर प्रेमादासा मैदानमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जोडेको थियो । 

    श्रीलंकाका लागिपाथुम निसान्काले सर्वाधिक ६२ रनको योगदान दिए । यस्तै, पवन रत्नायकेले ४४, कुसल परेराले २२, दुनिथ वेल्लालागेले १५ तथा कुसल मेन्डिसले १४ रन जोडे । 

    बलिङतर्फ जिम्बाब्वेका ब्लेसिङ मुजारबानी, ब्राड इभान्स र ग्रिमी क्रिमरले समान दुई तथा रायल बुर्लले एक विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij