एमाले नेता एवम् पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश

एमाले नेता एवम् पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश

बिहिवार, फाल्गुण ७ २०८२
बिहिवार, फाल्गुण ७ २०८२
  • एमाले नेता एवम् पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश

    काठमाडौं। नेकपा एमाले नेता एवम् पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरे । 

    मानन्धर काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन।सो अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे। 

    पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन् । २०४९ सालमा मानन्धर वडा नम्बर १६ का वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

    स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेश गरेपछि काठमाडौ- ७ का कांग्रेसजनमा उत्साह थपिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij