काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ।समूह चरणका केही खेल बाँकी भए पनि अंक तालिकाको आधारमा चार वटै समूहका दुईरदुई टोलीको टुंगो लागेको हो।
समूह ए का पाँच देशले सबै खेल सम्पन्न भएका छन् । समूह चरणका चारै खेल जितेर भारत शीर्ष स्थानमा हुँदै सुपर-८ प्रवेश गरेको छ।
पाकिस्तानले भारत बाहेक सबै देशलाई पराजित गरी ६ अंकसहित सुपर-८ मा प्रवेश गरेको छ। यो समूहबाट संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया बाहिरिएका छन् ।
समूह बीुबाट श्रीलंका र जिम्बाब्वे सुपर-८ मा पुगेका छन् । यी दुवै टोलीले अब एक अर्काविरूद्ध खेल्न बाँकी छ ।
जित्ने टोली समूह विजेता हुँदै र हार्ने टोली उपविजेता हुँदै सुपर-८ मा पुग्नेछन् । यो समूहबाट आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिएका छन् । समूहसी बाट वेस्ट इण्डिज र इंग्ल्याण्ड सुपर-८ मा पुगेका छन् । वेस्ट इण्डिजले इटालीसँग खेल्न बाँकी छ। यद्यपि उ ६ अंकसहित समूहको शीर्ष स्थानमा छ।
इंगल्याण्डको पनि ६ अंक भएपनि रनरेटमा पछि छ। सो समुहबाट स्कटल्याण्ड, इटाली र नेपाल समूह चरणबाटै बाहिरिएका छन्। समूह डीबाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर-८ मा पुगेका छन् । यी दुवै देशले चार वटै खेल खेलिसकेका छन्।
दक्षिण अफ्रिकाले ४ खेल जित्दा न्यूजिल्याण्डले ३ खेल जित्यो । यो समूहबाट अफगानिस्तान, संयुक्त अरब इमिरेट्स र क्यानडा बाहिरिएका छन्। सुपर-८ को खेल शनिबारदेखि हुनेछ।
सुपर-८ मा समूह-१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र जिम्बावे छन् भने समूह-२ मा इंग्ल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन् । समूहका प्रत्येकले एक-अर्कासँग खेल्नेछन्।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सुपर-८ को पहिलो खेल न्यूजिल्याण्ड र पाकिस्तानबीच हुनेछ।टि-२० विश्वकपको फाइनल खेल मार्च ८ मा हुनेछ ।