प्रतिनिधिसभा निर्वाचनः आचारसंहिताविपरीत समाचार लेख्ने सेतोपाटीलाई कारबाही गर्न आयोगद्वारा  पत्र

प्रतिनिधिसभा निर्वाचनः आचारसंहिताविपरीत समाचार लेख्ने सेतोपाटीलाई कारबाही गर्न आयोगद्वारा  पत्र

मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • प्रतिनिधिसभा निर्वाचनः आचारसंहिताविपरीत समाचार लेख्ने  सेतोपाटीलाई कारबाही गर्न आयोगद्वारा  पत्र

    काठमाडौँ ।  निर्वाचन आयोगले सेतोपाटीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा उल्लेख भएको विषयविपरीत समाचार प्रकाशन गरेको भन्दै आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।

    सो अनलाइनले यही फागुन ३ गते आइतबार ‘चितवन(३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो’ र आज ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा समाचार प्रकाशन गरेका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगका कानुन अधिकृत मोहनराज जोशीले आवश्यक कारबाहीका लागि काउन्सिललाई पत्राचार गरेका हुन् । दुवै समाचार निर्वाचन आचारसंहिता, २०८२ विपरीत रहेको आयोगले जनाएको छ ।
     
    निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा ‘उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामका सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने’ व्यवस्था गरिएको छ । 

    यसैगरी, आचारसंहिताको दफा २५ को उपदफा १ को खण्ड (ख) मा ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने’ व्यवस्थाको प्रतिकूल सेतोपाटीले समाचार प्रकाशन गरेको आयोगले जनाएको छ । आयोगले सेतोपाटीलाई कानुनअनुसार आवश्यक कारबाहीका गर्नका लागि काउन्सिलमा पत्राचार गरेको कानुन अधिकृत जोशीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij