इंग्ल्यान्ड टी–२० विश्वकपको सुपर एटमा, इटाली २४ रनले पराजित

इंग्ल्यान्ड टी–२० विश्वकपको सुपर एटमा, इटाली २४ रनले पराजित

सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • इंग्ल्यान्ड टी–२० विश्वकपको सुपर एटमा, इटाली २४ रनले पराजित

    काठमाडौं । इंग्ल्यान्ड टी–२० विश्वकपको सुपर एटमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा इटालीलाई २४ रनले हराउँदै इंग्ल्यान्डले सुपर एटमा स्थान पक्का गरेको हो । 

    इंग्ल्यान्डले समूह चरणका ४ मध्ये ३खेलमा जित निकाल्दै ६ अंक जोड्यो । समूह ‘सी’बाट वेस्ट इन्डिज एक खेलनै  सुपर एटमा पुगेको थियो । 

    इंग्ल्यान्डको जितसंगै नेपाल, स्कटल्यान्ड र इटाली समूह चरणबाट बाहिरिएका छन् । इंग्ल्यान्डले दिएको २०३ रनको लक्ष्य पछ्याएको इटालीले २० ओभरमा सबै विकेट गुमाएर १७८ रन बनायो । 

    इटालीका बेन मनेन्टीले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ६० रन जोडेपनि हार टार्न सकेनन् । ग्रान्टले २३ बलमा ४५ रन जोडेभने  जस्टिन मोस्काले ४३ रन बनाए । 

    बलिङतर्फ इंग्ल्यान्डका साम करन र जेमी ओभर्टनले तीन–तीन तथा जोफ्रा आर्चरले दुई विकेट लिए । त्यस्तै विल ज्याक्स र आदिल राशिदले समान एक विकेट लिए । 

    त्यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २०२ रनको उच्च योगफल बनाएको थियो । ज्याक्सले २१ बलमा अर्धसतक बनाउँदै इंग्ल्यान्डका लागि 
    टि–२० विश्वकपमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान  बनाए । यसअघि ओएन मोर्गनले २०१२ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध २५ बलमा अर्धशतक बनाएका थिए । 

    बलिङतर्फ इटालीका ग्रान्ट स्टवार्ट र कृशन कलुगामागेले समान दुई तथा जेजे स्मट्स, अलि हसन र बेन मानेन्टीले एक–एक विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij