आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल कति पुग्यो ?

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल कति पुग्यो ?

सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल कति पुग्यो ?

    काठमाडौँ ।  पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ ।

    त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ ।

    48018de2-f513-442e-8efd-e60d215e850d.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij