काठमाडौं । सर्लाहीमा गोली प्रहार गरि सव–इन्जिनियरकाे हत्या भएको छ । करिब साँझ ८ बजे डेरामै बसेकाे अवस्थामा जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीका सव–इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार गरिएको थियोे ।
आइतबार साँझ मलंगवा नगरपालिका १० स्थित डेरामा गाेली प्रहारबाट घाइते यादवको मलंगवा अस्पतालमा पुर्याएकाे केही समयमै रातीनै निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सव–इन्जिनियर यादव सिरहाको सुखीपुर निवासी हुन् ।
कोठमा बसिरहेका बेला यादवलाई गोली प्रहार गर्ने व्यक्तिले बाहिर बोलाएका थिए। बाहिर निस्किनै लाग्दा बार्दलीमै गोली प्रहार गरी आक्रमणकारी फरार भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्यापछि सो क्षेत्रका स्थानीयमा त्रासको वातावरण छाएको छ।